प्रत्यक्ष निर्वाचित कार्यकारी समेटिएको राप्रपाको घोषणापत्र सार्वजनिक [पूर्णपाठ]
काठमाडौं, १४ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ले शासकीय स्वरुपमा राजसंस्थालाई अभिभावकीय संस्थाको रुपमा राख्ने र प्रत्येक्ष निर्वाचित कार्यकारी हुने शासन व्यवस्थालाई आफ्नो प्रतिबद्धता पत्रमा समेटेको छ ।
सोमबार चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै राप्रपाले पुर्ण समानुपातिक संसद र प्रदेश खारेजी अनि केन्द्र र स्थानीय तह बलियो भएको दुई तहको शासकीय संरचना अबको गन्तव्य हुने भनेको छ ।
प्रतिबद्धता पत्र सार्बजनिक गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले ‘नस्ट हुने तर भ्रष्ट नहुने’ सुशासनमा जोड दिए । उनले प्रतिबद्धता पत्रमा परराष्ट्र नितिमा सबैको मित्रता स्वीकार गर्ने तर हस्तक्षेप नसहने कुरा पनी उल्लेख गरेको बताए ।
सो प्रतिबद्धता पत्र सार्बजनिक गर्ने कार्यक्रममा पार्टी पुर्व अध्यक्षहरु पशुपतिशमशेर जवरा र डा.प्रकाशचन्द्र लोहनी लगाएत नेता सहभागी थिए ।
तस्वीरहरु: परेवान्युज
हेर्नुस् घोषणापत्रको पूर्णपाठ:
RPP ghosna patra