काङ्ग्रेसको ‘नागरिकसँग उम्मेदवार’ कार्यक्रम तेस्रो दिनमा
काठमाडौं, १४ कात्तिक । नेपाली काङ्ग्रेस काठमाडौ-३ निर्वाचन परिचालन तथा प्रचारप्रसार समितिको आयोजनामा सुरु भएको सप्ताहव्यापी कार्यक्रम ‘नागरिकसँग उम्मेदवार’ जारी रहेको छ ।

कार्यक्रमको तेस्रो दिन आज गोकर्णेश्वर नगरपालिका शंकर चोकमा आयोजित भेटघाटमा प्रतिनिधिसभा उम्मेदवार सन्तोष चालिसेले आफुले जनतासँग जोडिएर धेरै काम गरेको तर बाँकी काम सप्पन्न गर्न फेरि जनतामाझ आएको बताए ।

सो अवसरमा स्थानीय जनताले खानेपानीको समस्या रहेको बताएपछि उनले त्यसबारेमा आफू गम्भीर भएको भन्दै यथासक्य छिटो समस्या हल गर्न लागिपर्ने बताए ।
कार्यक्रममा प्रदेस सभा उम्मेदवारहरु छिरिङ दोर्जे लामा र बिमल ठकुरी तथा समानुपातिक उम्मेदवार गोबिन्द पुडासैनी,निर्वाचन परिचालन तथा प्रचारप्रसार संयोजक हरिबोल भन्डारी लगायतले जनताको समस्या समाधानकै लागि नेपाली काङ्ग्रेस जनतामा आएको बताए ।