झन्डै ४ लाख रुपैयाँसहित १८ जुवाडे पक्राउ

काठमाडौं, १२ कात्तिक । काठमाडौंको नागार्जुन नगरपालिका–७ स्विट्जरल्यान्ड पार्क नजिकैको रिसोर्टभित्र जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई पक्राउ गरिएको छ ।

उक्त रिसोर्टमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद तीन लाख ८२ हजार रूपैयाँ, १५ बुक तास र १६ थान कौडासहित उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गएराति भएको उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय