#NoNotAgain ट्‍वीटरको ट्रेन्डिङमा

काठमाडौं, ११ कात्तिक । उमेर पुगेका विभिन्‍न दलका शीर्ष नेताहरुलाई जिताउन नहुने भन्दै चलाइएको अभियान #NoNotAgain सामाजिक सञ्‍जाल ट्‍वीटरको ट्रेन्डिङमा आएको छ ।

मंसिर ४ को निर्वाचन नजिकिँदै गर्दा सामाजिक सञ्जालमा प्रमुख दलका शीर्ष नेताहरुलाई फेरि जिताउन नहुने भन्दै अभियान चलिरहेको छ ।

पछिल्लो समय निर्वाचन आयोगले यो विद्युतीय कारोबार ऐन, निर्वाचन कसुर तथा सजाय ऐन र निर्वाचन आचार संहिताविरुद्ध भएको भन्दै बन्द गर्न चेतावनी दिएको थियो ।

आयोगको चेतावनीपछि यो अभियान झन फैलिएको छ । र, नेपालमा ट्वीटरको ट्रेडिङमा परेको छ । यो समाचार तयार पार्दासम्म एक हजार ६३४ पटक ट्‍वीट भएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...