काठमाडौंमा पनि छठको रौनक सुरु

काठमाडौं, ११ कात्तिक । संघीय राजधानी काठमाडौको बागमती किनारमा छठ पर्वको सबै तयारी सकेर पर्व सुरु भएको घोषणा गरिएको छ । तराईको मिथिला क्षेत्रमा हर्षोल्लासपुर्वक मनाइने गरेको छठ पर्व केही समयदेखि देशभर र काठमाडौंमा पनि धुमधामले मनाउन थालिएको छ ।

त्यसैले अहिले काठमाडौ र मिथिला क्षेत्र सहित तराईमा जताततै छठपर्वको रौनक सुरु भएको छ । सूर्य उपासनाको महापर्वको प्रारम्भ व्रतालुले शुक्रबार ‘नहाय-खाय’ विधिबाट गर्दै छन् । ‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ ।

कात्तिक शुक्ल त्रितियाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधिबाट पर्व सुरु गर्ने चलन छ । यसपालि तिथिको घटबढले गर्दा शुक्रबार तृतिया र चौथी तिथि दुवैको भोग पर्नाले मिथिलाको लोकपर्व छठ सुरु भएको हो ।

सात्विक भोजन सुरु गरेर व्रत विधि सुरु हुने परम्परा अनुसार आजदेखी अब तीन दिन सम्म छठ मनाइन्छ । छठको मुख्य पूजा भने आइतबार गरिने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय