गोरखाका वडाध्यक्षको निधन

काठमाडौं, ११ कात्तिक । गोरखाको गोरखा नगरपालिका वडा नम्बर-५ का अध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । भाइटीकाको दिन साँझ उनको निधन भएको हो ।

घरमै बसिरहेको बेला दिउँसो एक्कासी लडेर बेहोस भएपछि उनलाई गोरखा अस्पताल पुर्‍याइएको भएपनि अस्पताल पुग्नुअघि नै उनको निधन भइसकेको अस्पतालले जनाएको थियो ।

युवा संघ नेपालका केन्द्रीय पदाधिकारी समेत रहेका उनी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय