लक्ष्मीपूजाको पिक डिमान्ड १३०० मेगावाट, भारतमा समेत निर्यात

काठमाडौं, ८ कात्तिक । यस वर्ष लक्ष्मीपूजाको दिन विद्युतको उच्चतम माग (पिक डिमाण्ड) १ हजार ३ सय मेगावाट नाघेको छ । नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मी पूजाका दिन पिक देशभित्रको डिमाण्ड १४०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरेको थियो ।

तर, प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन साँझ करिब ६ः१० बजे ‘पिक डिमाण्ड’ १ हजार ३०५ मेगावाट रेकर्ड गरेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड १ हजार २७० मेगावाट थियो ।

गत वर्षको तुलनामा यस वर्षको लक्ष्मीपूजाको पिक डिमाण्ड ३५ मेगावाट बढी हो । विगतका वर्षहरुमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत् आयात हुँदै आएकोमा यसवर्ष आन्तरिक उत्पादनले लक्ष्मीपूजाको ‘पिक लोड’ धानेको छ । अझ खपत हुन नसकेको बिजुली भारत समेत निर्यात भएको छ भने २०० मेगावाट बराबरको बिजुली खपत हुन नसकेर खेर समेत गएको छ ।

लक्ष्मीपूजाको साँझमा ‘पिक’ समयमै प्राधिकरणले ३८० मेगावाट विद्युत भारत निर्यात गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । लक्ष्मीपूजाको पिक लोडकै अवस्थामा पनि आयात शून्यमा झरेको छ ।

चालु आर्थिक वर्षको अहिलेसम्मको देशभित्रको पिक डिमाण्ड १७ सय मेगावाटभन्दा मेगावाट रेकर्ड गरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय