टी-२० विश्‍वकप: नेदरल्यान्ड्समाथि बङ्गलादेशको रोमाञ्‍चक जीत

काठमाडौं, ७ कात्तिक । अस्ट्रेलियामा जारी टी२० विश्‍वकपअन्तर्गत सोमबार भएको पहिलो खेलमा बङ्गलादेशले रोमाञ्‍चक जीत निकालेको छ । बङ्गलादेशले नेदरल्याण्ड्सलाई ९ रनले हराएको हो ।

बङ्गलादेशले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा अलआउट हुँदै १३५ रन मात्र बनाउन सक्यो । नेदरल्यान्ड्सका लागि कोलिन एकरमानले सर्वाधिक ६२ रन बनाए । १५ रनमा ४ विकेट गुमाइसकेको अवस्थाबाट एकरमानले इनिङ्स उकासेका थिए । पल भान मिकेरेनले २४ रन बनाए ।

बंगलादेशका लागि तास्किन अहमिदले सर्वाधिक ४ विकेट लिए भने हसन महमुदले २ तथा शाकिब अल हसन र सौम्य सरकारले समान एक विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको बङ्गलादेशले २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको थियो । बंगलादेशका लागि अफिफ होसेनले ३८ रन बनाए । ओपनर नजमुल हसन शान्तोले २५ रन तथा सौम्या सरकारले १४ रन बनाए ।

नेदरल्यान्ड्सका लागि पल भान मिकेरेन र बास दि लेडले समान २ विकेट लिए । त्यसैगरी टिम प्रिङ्गल, शारिज अहमद र लोगान भान बिकले समान १ विकेट लिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय