को हुन् सन्तोष चालिसे ? जो मंसिर ४ पछि पुग्दै छन् संघीय संसदमा
प्रतिक भट्टआगामी मंसिर ४ गते देशको १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेश सभामा निर्वाचन हुँदैछ । यसमा दर्जनौं राजनीतिक दल र स्वतन्त्र गरि झन्डै ५ हजार भन्दा बढी उम्मेदवार प्रतिस्पर्धा गर्दैछन् ।
यी सबै उम्मेदवारले अरु भन्दा योग्य आफू नै हो भनेर सावित गर्न खोजिरहेका छन् । यद्यपि को सही, को गलत वा को जनमुखी र विकासमुखी अनि को गफाडी भन्ने फैसला जनताले मंसिर ४ मा गर्नेछन् ।
अहिले चुनावी मैदानमा आएका देशभरका उम्मेदवारमध्ये एक हुन् काठमाडौं निर्वाचन क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभामा गठबन्धनका उम्मेदवार नेपाली काङ्ग्रेस क्षेत्र नम्बर-३ क्षेत्रीय सभापति एवं गोकर्णेश्वर नगरपालिकाका प्रथम मेयर सन्तोष चालिसे । हामीले यसपटक उनको राजनीतिक जीवन,सामाजिक जीवन र भावी योजना समेतको चर्चा गर्न खोजेका छौ ।
पहिलो कुरा उनी यहाँका स्थानीय उम्मेदवार हुन् । आफ्नै टोलबाट उनी उम्मेदवार हुँदा नजिकका आफन्त, इष्टमित्र र नेताकार्यकर्ता खुशी छन् । दोस्रो कुरा उनी विकास कसरी गर्न सकिन्छ भनेर परिक्षामा पास भइसकेका उम्मेदवार हुन । यसको मतलब उनीसँग पञ्चायतको समयदेखि बहुदल र लोकतन्त्रसम्म जनप्रतिनिधि भएर विकास गरेका थुप्रै अनुभव छन् ।
तेस्रो कुरा जनतासँग अत्याधिक नजिक भएर उनले टोल, समाज र राष्ट्रको विकास अनि समृद्धिको बारेमा आफ्नो भिजन बताउन सक्छन् । चौथो कुरा उनी पार्टी भित्र सबैसँग समान व्यवहार गर्दछन र विपक्षी पार्टीका नेताकार्यकर्तासँग पनि घुलमिल हुने स्वभाव छ ।
पाचौं कुरा सन्तोष चालिसे चुनाव जितेर पनि जनताकै घरदैलोमा दु:खमा पनि र सुखमा पनि भेटिने पात्र हुन् । उनलाई जनताकै काम गर्न पाउँदा गर्व लाग्ने स्वयं चालिसे बताउँछन् । छैटौं कुरा उनीमा हरेक कुरालाई सकारात्मक रुमपा लिने र नकारात्मक सोच नै आउन नदिने प्रतिभा छ । सातौं कुरा उनमा कोही कसैप्रति आग्रह, पुर्वाग्रह र दुराग्रह भेट्न गाह्रो छ । आम मानिसमा हुने रिस, राग, द्वेष र कटुताभाव उनीमा भेट्न सकिन्न ।
आठौं कुरा: उनको बोली र व्यवहार ठ्याक्कै उनको व्यक्तित्वसँग मेल खान्छ । अर्थात उनी जे बोल्छन् त्यो गरेर देखाउछन् । नवौं कुरा: सन्तोष चालिसे विगत ४० वर्षदेखि सामाजिक सेवासँगै राजनीतिमा सक्रिय छन् । उनी कहिल्यै सामाजिक काम गर्नबाट टाढा भागेका छैनन् । र दशौ कुरा: सन्तोष चालिसे प्रतिनिधिसभामा फ्रेस उम्मेदवार हुन् अर्थात उनी पहिलोपटक संघीय संसदको यात्रामा निस्केका व्यक्ति हुन् । उनलाई यो कारण मत दिनुहुन्न भन्ने कुनै कारण नै छैन ।
नेपाली राजनीतिमा धेरैजसो नेताको दैनिकी पार्टी नेताका घर वा डेरा, पार्टी कार्यालय र मन्त्रीदेखि प्रधानमन्त्री निवाससम्म गएर बित्ने गर्दछ । तर, चालिसेले अहिलेसम्म आफ्नो निजी काम वा लाभको पदको लागि नेताको घर गएर बिन्ती बिसाएका छैनन् ।
‘म जनताको गुनासो सुन्ने, उनीहरुको दैनिक जीवनको गाह्रो अफ्ठ्यारोमा साथ दिने अनि टोल, गाउँ, नगर र समग्र राष्ट्रको विकासको नयाँनयाँ मोडल के हुनसक्छ भनेर सोचमग्न हुने मानिस हुँ’, परेवान्युजसँगको कुराकानीमा उनले भने, ‘सायद यही कारणले होला आफ्नो टोलको युवा क्लबको नेतृत्व लिएपछि वडा, गाविस हुँदै २०७४ मा गोकर्णेश्वर नगरपालिकाको मेयरमा निर्वाचित भएर जनताको सेवा गर्न पाएँ, त्यही अनुभव लिएर अहिले प्रतिनिधिसभामा उम्मेदवार बनेको छु ।’
पञ्चायतको समयदेखि बहुदलीय व्यवस्था, लोकतन्त्र र गणतन्त्रमा समेत निर्वाचित जनप्रतिनिधि बनेका सन्तोषले महिला, युवा र सामाजिक अभियन्तालाई जहिले पनि साथ दिन्छन् । महिलाको क्षमता विकास भयो भने घर बलियो हुन्छ, युवा दक्ष भएमा राष्ट्र बलियो र सामाजिक अभियान्ता मेहेनती भएमा सकारात्मक समाज निर्माण हुन सक्छ भन्ने मान्यता सन्तोषको रहेछ ।
नेपाली काँग्रेसको राजनीतिमा बिपी कोइराला, गणेशमान सिंह र सन्त नेता कृष्णप्रसाद भट्टराईलाई आदर्श मान्ने चालिसे अरुले बाहिर हल्ला गरेजस्तो पार्टीभित्र कुनै गुट नभएको र सबै नेपाली काङ्ग्रेसकै विचार बोक्ने नेता कार्यकर्ता मात्रै भएको देख्छन् ।
पार्टी सभापति शेरबहादुर देउवादेखि नेता रामचन्द्र पौडेल, डा.शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, गगन थापा, विश्वप्रकाश शर्मा, डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, पूर्णबहादुर खड्का, धनराज गुरुङ वा अरु नेता जोसुकैले जे बोलेपनि काँग्रेस भएरै बोलेका हुन्’, उनी भन्छन्, ‘मलाई कोही पनि साथीहरूले बोल्दा काँग्रेस हितभन्दा बाहिर सोचेर बोल्नुहुन्छ भन्ने नै लाग्दैन, त्यसैले म गुट, उपगुट भन्दा पनि सिंगो काग्रेसको एउटै मात्र गुट देख्छु ।’
२०३९ सालदेखि जनताको सेवा गर्दै आएका चालिसे राजनीतिबाहेक सामाजिक र व्यवसायिक काममा पनि उत्तिकै पोख्त छन् । विकास र समृद्धिको मोडल के हुनसक्छ र जनताको आवश्यकता कसरी पूरा गर्ने भन्ने भिजन उनीमा देखिन्छ ।
‘राजनीति गर्न कसैसँग चन्दा लिनुपर्ने वा पदको दुरुपयोग गरेर सम्पत्ति कमाउनुपर्ने छैन’, उनी भन्छन्, ‘मलाई राजनीतिमा लागेर पैसा कमाउने इच्छा कहिल्यै भएन, बरु राजनीतिमा इमान पनि हुन्छ भनेर देखाउन कोसिस जारी राखेको छु र अब पनि जनताकै हितमा काम गर्नेछु ।’