टी२० विश्‍वकप: आयरल्यान्ड र वेस्टइन्डिजको पहिलो जीत

काठमाडौं, २ कात्तिक । अस्ट्रेलियामा जारी आइसिसी टी२० विश्‍वकपअन्तर्गत सोमबार भएको समूह बी को खेलमा वेस्टइन्डिजले जीत निकालेको छ । पहिलो जीत निकाल्ने क्रममा वेस्टइन्डिजले जिम्बाबेलाई ३१ रनले हराएको हो ।

वेस्टइन्डिजले दिएको १५४ रनको लक्ष्य पछ्याएको जिम्बाबे १८.२ ओभरमा १२२ रनमा समेटिएको थियो । त्यसअघि पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले पूरा २० ओभर खेल्दै ७ विकेट गुमाएर १५३ रन बनाएको थियो ।

आजै भएको अर्को खेलमा आयरल्यान्डले पनि शानदार जित निकाल्यो । आयरल्यान्डले स्कटल्यान्डलाई ६ विकेटले हराएको हो ।

स्कटल्यान्डले दिएको १७७ रनको विजयी लक्ष्य आयरल्यान्डले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । त्यसअघि स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७६ रन बनाएको थियो । ‌

योसँगै समूह बी मा वेस्टइन्डिज आयरल्यान्ड स्कटल्यान्ड र जिम्बाबे सबैको २ खेलबाट २ अंक भएको छ र अघिल्लो चरणमा पुग्‍ने समीकरण रोचक बनेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय