प्रचण्ड पत्नी सीता अस्पताल भर्ना
काठमाडौं, २ कात्तिक । नेकपा माओवादी केन्द्रकी केन्द्रिय सल्लाहकार समिति सदस्य तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् ।
नेतृ दाहालको बुधबार ललितपुरको मेडिसिटी अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम थियो । तर,अस्पतालले सोही क्रममा उनीलाई अस्पताल भर्ना गरेको हो । अस्पताल स्रोतका अनुसार दाहाललाई आज एकदिन अस्पतालमै राखिनेछ ।
दाहाल ‘प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी’ (पिएसपी) रोगबाट पीडित छिन् । पिएसपी दुर्लभ खालको रोग हो । यो रोग एक लाख मानिसमध्ये बढीमा ६ जनामा मात्र देखिन्छ ।
तर, के कारणले यो रोग लाग्छ भन्ने कुरा अहिलेसम्म चिकित्सकले समेत पत्ता लगाउन सकेका छैनन् ।