कस्तो रहला बुधबार दिनभरको मौसम ?

काठमाडौं, २ कात्तिक । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

अहिले पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ ।

महाशाखाले जारी गरेको मौसमी बुलेटिनअनुसार आज दिनभरको मौसम यसप्रकार रहनेछ:

दिउँसो:  देशका  पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी  स्थानहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागको थोरै स्थानहरुमा  हल्का वर्षाको सम्भावना रहेको छ ।

राती:   देशको पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...