कस्तो रहला बुधबार दिनभरको मौसम ?
काठमाडौं, २ कात्तिक । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
अहिले पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ ।
महाशाखाले जारी गरेको मौसमी बुलेटिनअनुसार आज दिनभरको मौसम यसप्रकार रहनेछ:
दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।