दुईपटकको च्याम्पियन वेस्टइन्डिजको खराब सुरुवात

काठमाडौं, ३१ असोज । अस्ट्रेलियामा जारी आइसिसी टी२० विश्‍वकपअन्तर्गत सोमबार भएको समूह बी को पहिलो खेलमा स्कटल्यान्डले जीत निकालेको छ । स्कटल्यान्डले दुईपटकको च्याम्पियन टोली वेस्ट इन्डिजलाई ४२ रनले हराएको हो ।

स्कटल्यान्डले दिएको १६१ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज १८३ ओभरमा ११८ रनमा समेटियो । जेसन होल्डरले ३८ तथा ओपनर काइल मेयर्सले २० रन बनाए । स्कटल्यान्डका मार्क वाटले ३ विकेट लिए भने ब्राड विल र माइकल लिस्कले २-२ तथा जोश डेभी र सफ्यान सरीफले १-१ विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६० रन बनाएको थियो । ‌‌ओपनर जर्ज मन्सेले अविजित रहँदै ६६ रन बनाए । त्यसैगरी क्यालम मेकलडले २३ तथा माइकल जोन्सले २० रन बनाए । वेस्टइन्डिजका अल्जारी जोसेफ र जेसन होल्डरले २-२ तथा ‌ओडियन स्मिथले १ विकेट लिए ।

हिजो एसोसियट राष्ट्र नामिबियाले एसिया कप च्याम्पियन श्रीलंकालाइ हराएको थियो । आज स्कटल्यान्डले पनि वेस्ट इन्डिजलाई स्तब्ध बनाउँदै अघिल्लो चरणमा पुग्‍ने सम्भावना बलियो बनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय