गठबन्धनमा मुख्य पद भागबन्डा सुरु !

प्रचण्डले मन्त्री बनाउछु भन्दा माधवले भावी प्रधानमन्त्री प्रचण्ड नै भनिदिए !

काठमाडौं, ३१ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक रुपमै मन्त्री पद बाँड्न सुरु गरेका छन् । उनीसँगै वर्तमान र पुर्व प्रधानमन्त्रीले समेत भागबन्डाको गोप्य कुरा सार्वजनिक कार्यक्रममै खोल्न थालिसके ।

सत्ता गठबन्धनले पहिलोपटक काठमाडौमा आयोजना गरेको सार्वजनिक सभामा प्रचण्डले पुर्व सभामुख ओनसरी घर्तीलाई मन्त्री बनाउने बताए । प्रचण्डको मन्त्री बनाउने प्रस्ताव वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले पनि सुन्दै थिए ।

ओनसरी घर्ती अहिले काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभामा सत्ता गठबन्धनकी उम्मेदवार हुन् । उनकै निर्वाचन क्षेत्रमा आयोजना गरिएको कार्यक्रममा देउवा, प्रचण्ड र नेपालसहित गठबन्धनका केन्द्रिय नेताहरू सहभागी थिए ।

शुभश्री पार्टी प्यालेसको हल खचाखच भरिएको देख्‍नेबित्तिकै प्रचण्डले भने- ‘ओनसरीजी साहसी महिला नेतृ हो भन्ने बुझेरै मैले सभामुख बनाएँ, अहिले उम्मेदवार पनि मेरै आग्रहमा भएको र अब तपाईंहरुले जिताएर पठाएपछि विकासे मन्त्री पनि मै बनाउँछु’ । उनले ओनसरीलाई चानचुने उम्मेदवार नठान्‍न आग्रह गर्दै भविष्यको मन्त्री भनेरै चिनाए ।

प्रचण्डभन्दा अगाडि बोलेका माधवकुमार नेपालले चाहिँ काङ्ग्रेस प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड तिर हेरेर वर्तमान र भविष्यका पनि प्रधानमन्त्री यहीँ देख्दैछु भन्दै हलको ताली खाए । उनले विकासको कुरामा आफू रौतहट गएपनि काठमाडौं-२ लाई अझै बढी साथ दिन वर्तमान र भावी प्रधानमन्त्रीजीहरुलाई आग्रह गर्दछु भन्दा सभाहलमा तालीसँगै हासो गुन्जियो । मन्चमै रहेका देउवा र प्रचण्ड पनि एक अर्कामा हेरेर मुस्कुराए ।

त्यसको उत्तर दिदै प्रचण्डले फेरि थपे- ‘शान्ति सम्झौता गर्दा एमाले नामको पार्टीमा माधवजी नेतृत्वमा हुनुहुन्थ्यो र पो सम्भव भयो, अहिलेको जस्तो नेतृत्व भए त के त्यस्तो हुन्थ्यो’ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय