भारतलाई महिला एसिया कप क्रिकेटको उपाधि

काठमाडौं, २९ असोज । भारतीय महिला क्रिकट टोलीले एसिया कपको उपाधि जितेका छन् । शनिबार भएको फाइनलमा श्रीलंकालाई ८ विकेटले हराउँदै भारतले सातौंपटक उपाधि जितेको हो ।

श्रीलंकाले दिएको ७० रनको विजयी लक्ष्य भारतले ८.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । भारतको जीतमा स्मृती मन्धनाले ५१ रनको अविजित पारी खेलिन् । कप्तान हरमनप्रीत कौरले ११ रन बनाइन् । श्रीलंकाकी इनोका रनावीरा र कविशा दिल्हारीले १ १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाउँदै ६९ रन बनायो । सुगण्डिका कुमारीले सर्वाधिक १८ रन बनाइन् । ओशादी रणसिंघेले १३ रन बनाइन् । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतकी रेनुका सिंहले ३ ओभरमा १ मेडनसहित केवल ५ रन खर्चेर ३ विकेट लिइन् । स्नेहा राना र राजेश्वरी गायकवाडले २-२ विकेट लिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय