जनताका सुझावलाई घोषणापत्रमा राखिनेछ: ओली
काठमाडौं, २९ असोज । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आम नेपालीले पठाएको सुझाव आगामी घोषणापत्रमा राखिने जनाएका छन् ।
सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले जनताले पठाएको सुझावबाट घोषणापत्र बनाइने जनाएका हुन् ।
उनले लेखेका छन्, ‘आउँदो चुनावका लागि घोषणा पत्रमा राख्न तपाईंले पठाएको सुझावहरु हेर्न तिर लागियो’ ।
आउँदो चुनावका लागि घोषणा पत्रमा राख्न तपाईंले पठाएको सुझावहरु हेर्न तिर लागियो । pic.twitter.com/EzXmPHXP8d
— K P Sharma Oli (@kpsharmaoli) October 14, 2022