काङ्ग्रेस बागमतीको प्रचारप्रसार समिति गठन

काठमाडौं, २८ असोज । नेपाली काङ्ग्रेस बागमती प्रदेश समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी प्रचारप्रसार समिति गठन गरेको छ ।

पार्टीको बागमती प्रदेश समिति सदस्य एवं प्रवक्ता तिलक रुवालीको संयोजकत्वमा गठित ६६ सदस्यीय समितिमा प्रदेशका सबै जिल्लाबाट प्रतिनिधित्व हुनेगरी समिति गठन गरिएको संयोजक रुवालीले जानकारी दिए ।

समितिको सह-संयोजकमा दिपेन्द्र आचार्य र सदस्य सचीव रामेश्वर ढकाल रहेका छन । पार्टीको हरेक सुचनालाई प्रभावकारी ढंगले जनतासम्म पुर्याउन र प्रचारप्रसारको माध्यमबाट पार्टीको उम्मेदवारहरुलाई विजयी गराउन समितिले काम गर्ने छ ।

को-को छन् प्रचार समितिमा हेर्नुहोस्:

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय