सत्ता गठबन्धनले दुईतिहाइ मत ल्याउँछ: पौडेल

तनहुँ, २७ असोज । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारूढ गठबन्धनको दुई तिहाई बहुमत आउने दाबी गरेका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर १ तनहुँले बिहिबार बिपी स्मृति भवन दमौलीमा गरेको अगुवा कार्यकर्ता अन्तरक्रिया कार्यक्रममा उनले दुई तिहाई बुहमत ल्याउनैका लागि गठबन्धन भएको बताए ।

संविधान, गाउँको अधिकार, दलित, महिला, अल्पसङ्ख्यक, उपेक्षित वर्ग, जनजातिले पाएको अधिकार रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको उनको भनाइ थियो । ‘नेपालको संविधानको रक्षा र प्रतिगमन विरुद्धको लडाइँका लागि गठबन्धन आवश्यक परेको हो’, पौडेलले बताए ।

उनले कार्यकर्तालाई अधिनायकवादविरुद्ध लड्न गाउँ–गाउँमा पुगेर गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्न कार्यकर्तालाई आग्रह गरे ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय