गठबन्धन छाड्दा जसपाका चार मन्त्रीको पद गयो

काठमाडौं, २७ असोज । जनता समाजवादी पार्टी (जसपा)का चारजना मन्त्री बर्खास्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहिबार उनीहरुलाई पदबाट हटाएका हुन् ।

सत्ता गठबन्धन छाडेर नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंहलाई हटाएका हुन् ।

एमालेसँग तालमेल गरेपनि उनीहरुले पदबाट राजीनामा दिएका थिएनन् । गठबन्धनका शीर्ष नेताहरुले उनीहरुलाई हटाउनुपर्ने कुरा उठाइरहेका थिए ।

अब ती चार वटै मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले नै सम्हाल्ने छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय