थाइल्यान्डलाई हराउँदै भारत महिला एसिया कप क्रिकेटको फाइनलमा

काठमाडौं, २७ असोज । भारत महिला एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको पहिलो सेमिफाइनलमा थाइल्यान्डलाई ७४ रनले हराउँदै भारत उपाधिनजिक पुगेको हो ।

जीतका लागि १४९ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले पूरा २० ओभर खेल्दै ९ विकेट गुमाएर ७४ रन मात्र बनाउन सक्यो । कप्तान नारुमोल चाइवाइ र नताया बूचाथामले समान २१ रन बनाए । भारतका लागि दिप्ती शर्माले ३ राजेश्वरी गाइक्वाडले २ तथा रेनुका सिंह, स्नेह राना र शफाली वर्माले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४८ रन बनाएको थियो । शफालीले सर्वाधिक ४२ रन बनाउँदा कप्तान हरमनप्रीत कौरले ३६ रन बनाइन् । थाइल्यान्डकी सोरनारिन टिपोचले ३ तथा बूचाथाम, फनिता माया र थिपाठ्चा पुथावङ्ले १-१ विकेट लिए ।

दोस्रो सेमिफाइनलमा अहिले श्रीलङ्का र पाकिस्तान खेलिरहेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय