पार्टीमै रहेर न्यायका लागि लड्छु: भीम रावल
काठमाडौं, २७ असोज । नेकपा एमालेका नेता एवम् पूर्वसांसद भीम रावलले एमाले नछाड्ने भएका छन् । आगामी चुनावका लागि पार्टीबाट टिकट पाउन नसकेका रावलले बिहिबार पत्रकार सम्मेलन गरेर उक्त कुरा जनाएका हुन् ।
उनले पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने घोषणा गरेका छन् । आफूले टिकट नपाए पनि मंसिर ४ गते हुने चुनावमा योग्य उम्मेदवारलाई जिताउन लाग्ने उनले बताए ।
विगतमा एमालेको उछित्तो काढ्ने, विदेशीको चाटुकार, चाकडी र चाप्लुसी गर्नेहरुलाई पनि समर्थन गरिएको भन्दै रावलले उनीहरुका लागि मत माग्न नसक्ने बताए ।
रावलले देशभक्त, मार्क्सवादसँग प्रतिवद्ध र एमालेका लागि रगत पसिना बगाउने उम्मेदवारलाई मात्र सहयोग गर्ने बताए ।