आज उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुँदै
काठमाडौं, २६ असोज । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै छ । त्यसैगरी उम्मेदवारहरुलाई चुनाव चिन्ह पनि प्रदान गर्दैछ ।

राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न यसअघिकै हुनेछ भने स्वतन्त्र उम्मेदवारहरुलाई आयोगले चुनाव चिन्ह रोज्न लगाउने छ ।

उम्मेदवारहरुको नामावली प्रकाशनका लागि दिउँसो १ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । त्यसैगरी निर्वाचन चिन्ह वितरण गर्ने समय आज अपरान्ह ४ बजेदेखि बेलुका ७ बजेसम्म निर्धारण गरिएको छ ।