वीपी काङ्ग्रेसका ९९ वर्षीय पोखरेल प्रचण्डविरुद्ध चुनावी मैदानमा
काठमाडौं, २६ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा चितवन छाडेर गोरखा-२ बाट उम्मेदवारी दिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध ९९ वर्षीय उम्मेदवारले चुनौती दिएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सङ्ग चुनावी भिडन्तमा नेपाली काङ्ग्रेस वीपीका नेता टिकादत्त पोखरेल मैदानमा उत्रेका छन् । प्रतिनिधिसभामा गोरखा-२ का उम्मेदवार टिकादत्त पोखरेल ९९ बर्षका छन् । उनी देशभरका उम्मेदवार मध्य सबैभन्दा जेठा उम्मेदवार हुन् ।
नेपाली काङ्ग्रेस छाडेर नेपाली कांग्रेस बीपीबाट उम्मेदवार बनेका पोखरेल पूर्वसैनिक हुन । सेनाबाट अवकाश प्राप्त पोखरेल चुनाव जित्ने भन्दा पनि वीपीको सिद्धान्त र विचारलाई हार्न नदिन मैदानमा उत्रिएको बताए ।