दोहोरो अंकले घट्यो नेप्से
काठमाडौं, २५ असोज । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.०६ अङ्कले ओरालो लागेर १८५५.१६ मा सीमित भएको छ ।
सेन्सेटिभ परिसूचs तीन दशमलब २१ अंकले ओरालो लागेर ३६३.६३ मा सीमित भएको छ । कूल २२९ कम्पनीको १७ लाख ६७ हजार ६ सय ९२ कित्ता शेयर रु ५५ करोड २७ लाख १२ हजार आठ सय ८५ मा कारोबार भएको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा झिनो सुधार देखिएको छ भने १० उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । व्यापार, होटल तथा पर्यटन र सामूहिक लगानी कोषमा झिनो सुधार हुँदा अरु उपसमूहको शेयर मूल्यमा गिरावट देखिएको हो ।