काठमाडौंमा मानुषी, कल्पना र ओनसरी माओवादी उम्मेदवार पक्का

काठमाडौं, २३ असोज । नेकपा माओवादी केन्द्रले काठमाडौंका तीनवटा क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराई समेत माओवादीको चुनाव चिन्हबाट काठमाडौं-७ बाट उम्मेदवार बन्दै छिन् ।

यसैगरी माओवादी केन्द्रले पूर्व सभामुख ओनसरी घर्तिलाई काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएको छ । यसअघि कृष्ण सुबेदीको नाम चर्चामा भएपनी अन्तिम समयमा घर्तीलाई उम्मेदवार बनाएको हो ।

त्यस्तै काठमाडौं क्षेत्र नम्बर ९ मा माओवादीले कल्पना धमलालाई उम्मेदवार बनाएको छ । यसअघि हितमान शाक्यले टिकट पाउने भनिए पनि धमलाले बाजि मारिन् । उनी माओवादी केन्द्रको स्वास्थ विभाग प्रमुख पनि हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय