तनहुँ क्षेत्र नं १ मा वरिष्ठ नेता पौडेल

तनहुँ, २३ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसले दुवै क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको छ । शनिबार राति मात्रै काँग्रेसले उम्मेदवार टुङ्गो लगाएको हो ।

काँग्रेसले तनहुँ क्षेत्र नं १ मा वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै क्षेत्र नं २ मा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । क्षेत्र नं २ का कारण उम्मेदवार चयनमा ढिलाइ भएको काँग्रेस तनहुँले जनाएको छ ।

काँग्रेसले दुवै निर्वाचन क्षेत्रमा पुरानै अनुहार दोहोर्‍याएको छ । विसं २०७४ को निर्वाचनमा पौडेल र भण्डारी पराजित भएका थिए ।

त्यसैगरी काँग्रेसले प्रदीप पौडेललाई काठमाडौ क्षेत्र नं ५ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • पूर्वराजा ज्ञानेन्द्रसँगको भेट…

    म बाहिरबाट आएर घरको भर्‍याङ चढ्दै थिएँ, टेलिफोनको घण्टी सुनियो । कोठाभित्र पसेर टेलिफोन उठाएँ । त्यस बेलाका त्रिभुवन विश्वविद्यालयका...