चितवन-३ मा माओवादीले उठायो लोकप्रिय र बलियो उम्मेदवार

काठमाडौं, २२ असोज । नेकपा माओवादी केन्द्रले चितवन क्षेत्र नम्बर ३ बाट डा.भोजराज अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । लामो समयदेखि चिकित्सा पेशामा आवद्ध अधिकारी चितवनमा लोकप्रिय छन् ।

भरतपुर महानगरपालिका-२२ निवासी अधिकारी माओवादी पार्टीको प्रदेश सदस्य तथा स्वास्थ विभागको केन्द्रिय सचिव हुन् । पार्टीबाहेक पनि उनी जनतासँग प्रत्यक्ष जोडिने गरी सामाजिक तथा स्वास्थ्य सेवामा समर्पित भएका कारण सबैसँग परिचित छन् ।

उनलाई चितवनमा अन्य पार्टीका नेताकार्यकर्ताले पनि सरल र शालीन स्वभावका चिकित्सक भनेर चिन्छन । प्रचण्डको क्षेत्रबाट डा. अधिकारीले टिकट पाएपछि त्यस क्षेत्रमा अन्य उम्मेदवार फिक्का देखिने उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल जत्तिकै चितवनका जनताबीच लोकप्रिय रहेका डा. अधिकारीले टिकट पाएको खबर फैलिएसँगै चितवनको राजनीति तातेको छ । प्रचण्डले चितवन ३ छाडेर गोरखा २ गएपछि माओवादीले अधिकारीलाई उम्मेदवार बनाएको हो ।

भरतपुर अस्पतालका अध्यक्ष समेत रहेका अधिकारीलाई राजीनामा गरेर उम्मेदवारी मनोनयनका लागि तयार रहन माओवादीले भनिसकेको छ ।

यसैगरी सो क्षेत्रमा अधिकारीसँगै सोही क्षेत्रको प्रदेशसभा (ख) ठाकुर ढकालले टिकट पाएका छन् । उनी माडी नगरपालिकाका पूर्व मेयर हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तराईमा शीतलहर,जनजीवन कष्टकर

    काठमाडौं । काठमाडौं लगायत पहाडी जिल्लामा चर्को घामसँगै गर्मी बढ्न थालेपनी कोसी र मधेसको पूर्वी क्षेत्रमा शीतलहरका कारण...

  • स्याङ्जामा व्यावसायिक आलुखेती

    वालिङ । स्याङ्जाका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक...

  • तस्बिर :साँख दह,रुकुम

    मनमोहक देखिएको रुकुमको साँख दह रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ मा अवस्थित साँख दह । दह संरक्षणमा स्थानीय सरकारले चासो...