नेकपा एसका ककसले कहाँबाट टिकट पाए ? (नामावलीसहित)

काठमाडौं, २२ असोज । सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँडको टुङ्गो लागेसँगै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरुको पनि टुंगो लागेको छ ।

पार्टी प्रवक्ता जगनाथ खतिवडाका अनुसार अहिले जसले टिकट पाउनेगरी सिट संख्या बाँडिएको छ, त्यो अब परिवर्तन हुने छैन ।

नेकपा एसबाट झलनाथ खनाल इलाम क्षेत्र नम्बर १, माधवकुमार नेपाल रौतहट क्षेत्र नम्बर १, जगनाथ खतिवडा उदयपुर क्षेत्र नम्बर २, किसान श्रेष्ठ बारा क्षेत्र नम्बर ४, जीवनराम श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ८ का उम्मेदवार हुने छन् ।

त्यसैगरी कृष्णलाल महर्जन ललितपुर–२, राजेन्द्र पाण्डे धादिङ–१, विरोध खतिवडा मकवानपुर–२, श्रीनाथ बराल कास्की–२, रामकुमारी झाँक्री गुल्मी–२, सोमप्रसाद पाण्डे पाल्पा–२, राजु गुरुङ रुपन्देही–२ र मेटमणी चौधरी दाङ–१ बाट उम्मेदवार बन्ने छन् ।

प्रकाश ज्वाला सल्यान, धनबहादुर बुढा डोल्पा, अम्बर थापा दैलेख–१, शेरबहादुर कुँवर अछाम–१, भानुभक्त जोशी बझाङ र प्रेम आले डोटीका उम्मेदवार हुने एकीकृत समाजवादीले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...