कास्की-२ मा एमालेबाट विद्या भट्टराईलाई टिकट, अरु क-कसले पाए ?

पोखरा, २२ असोज । आउँदै गरेको प्रतिनिधिसभा एवम् प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेले कास्कीबाट पनि उम्मेदवारको टुङ्गो लगाएको छ ।

कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ मनबहादुर गुरुङले टिकट पाएका छन् । त्यसैगरी प्रदेशसभामा खगराज अधिकारी र बेदबहादुर गुरुङ उम्मेदवार बन्‍नेछन् ।

कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निवर्तमान सांसद विद्या भटराईले नै टिकट पाएकी छन् । उनी पूर्वमन्त्री स्वर्गीय रविन्द्र अधिकारीकी पत्‍नी हुन् । अधिकारीको निधनपछि भएको निर्वाचनमा विद्या विजयी बनेकी थिइन् । त्यसैगरी प्रदेशसभामा भीम कार्की र मीना गुरुङले मौका पाएका छन् ।

कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा दामोदर बैरागी उम्मेदवार बन्‍ने छन् भने प्रदेशसभातर्फ गणेशमान गुरुङ र राजिव पहारी छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय