चितवन छाडेर प्रचण्ड गोरखा पुगे

काठमाडौं, २१ असोज । अन्ततः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन-३ छाडेर गोरखा पुगेका छन् । पार्टीको बैठकले औपचारिक रुपमा अध्यक्ष प्रचण्डलाई चितवन-३ छाडेर गोरखा क्षेत्र नम्बर-२ बाट उम्मेदवार उठाउने निर्णय गरेको छ ।

माओवादी केन्द्रको शुक्रबार बसेको पदाधिकारी बैठकले यो निर्णय गरेको हो । प्रचण्डले चितवन-३ छाडेर जान नहुने भन्दै दुई दिन अघि पाँच दलिय गठबन्धनले आग्रह गरेको थियो ।

तर, प्रचण्डलाई गोरखा २ मा उम्मेदवार बनाउने निर्णय पार्टीको औपचारिक निर्णय भएको र यसमा फेरबदल नहुने माओवादीका नेता हरि अधिकारीले बताए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय