चन्द्रागिरिमा पहिरो, एकै परिवारका तीनको मृत्यु
काठमाडौं, २१ असोज । काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
चन्द्रागिरि नगरपालिका-२ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको हो ।
वडाअध्यक्ष भाइकृष्ण तामाङका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी छोरी सारथि रहेका छन् ।
अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यान केन्द्र पुरिएको थियो ।