बालुवाटारबाट रिसाएर हिँडेका उपेन्द्र सिधै ओली निवास बालकोट पुगे

काठमाडौं, २० असोज । सत्ता गठबन्धनभित्रको एउटा घटक जनता समाजवादी पार्टीले सिट बाँडफाँडमा हेपिएको भन्दै बैठक छोडेर हिंडेको छ । यसले अहिलेको गठबन्धन फेरबदल समेत हुनसक्ने देखिएको छ ।

भर्खरै सत्ता गठबन्धनको बैठकबाट जसपा अध्यक्ष उपेन्द्र यादव रिसाएर निस्केका छन् । स्रोतका अनुसार बालुवाटारबाट निस्केका यादव सिधै एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेको र त्यहाँ गम्भीर छलफल भइरहेको छ । अध्यक्ष ओलीले सत्ता गठबन्धन छाडेर आए सम्मानजनक सिट दिने भनेपछि यादव बालकोट पुगेका हुन् ।

सत्ता गठबन्धनमा जसपाले थोरै सिट पाउने र त्यसमा पनि पर्सामा ३ सिट दाबी गर्दा एक सिट मात्रै पाउने देखेपछि यादव आक्रोशित हुँदै निस्केको स्रोतको भनाइ छ ।

यहि २३ गते सम्म उम्मेदवार टुंगो लगाउनुपर्ने भएपनी सत्ता गठबन्धनमा निर्वाचन क्षेत्रको सिट संख्या र क्षेत्रमै कुरा मिल्न सकेको छैन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय