केराबारीमा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध
चितवन, २० असोज । लगातारको वर्षापछि खसेको पहिरोका कारण नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध भएको छ ।
भरतपुर महानगरपालिका-२९ केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
केराबारीस्थित मौरीपुलमा ढुङ्गासहित पहिरो खसेको इन्जिनियर सागर कार्कीले जनाएका छन् । सडक खुल्न केही समय लाग्ने बताइएको छ ।
पहिरो पन्छाउन स्काभेटर र लोडर परिचालन गरिएको छ ।