टीका लाउन मामाघर जाँदै गर्दा कारको ठक्करबाट मृत्यु

रुपन्देही, २० असोज । दशैंको टीका लगाउन मामाघर जाँदै गरेकी युवतीको दुर्घटनामा परेर मृत्यु भएको छ । रुपन्देहीको धकधइमा कारले स्कुटरलाई ठक्कर दिँदा २९ वर्षीया झरना चौधरीको मृत्यु भएको हो ।

तिलोत्तमा ३ सिर्जनानगरस्ठित घरमा टीका लगाएर लु ४१ प ९८७ नम्बरको स्कुटरमा नवलपरासीस्थित मामाघरमा टीका लगाउन जाँदै गरेकी चौधरीलाई लु १ ज २८५३ नम्बरको कारले ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन् ।

ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि भीम अस्पताल लगिएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

चौधरी एमाले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर-६ की वडा सचिव हुन् भने अनेरास्ववियु जिल्ला कमिटी सहसचिव पनि हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय