घाँटीमा मासुको हड्डी अड्किएर चितवनमा एकको मृत्यु
चितवन, १८ असोज । घाँटीमा मासुको हड्डी अड्किएर चितवनमा एक जनाको मृत्यु भएको छ । कालिका नगरपालिका-८ का ५० वर्षीय धनबहादुर क्षेत्रीको मृत्यु भएको हो ।
सोमबार साँझ करिब ७:३० बजे खाना खाने क्रममा मासुको हड्डी घाँटीमा अड्किए पछि क्षेत्रीलाई स्थानीय मेडिकलमा लगिएको थियो ।
मेडिकलमा उपचार हुन नसकेपछि पुरानो मेडिकल कलेज लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।