भारतको लडाकु हेलिकप्टर ‘प्रचण्ड’

एजेन्सी, १८ असोज । भारतमा निर्मित प्रचण्ड नामको लडाकु हेलिकोप्टरको तस्वीर भारतीय रक्षामन्त्री राजनाथ सिंहले सार्वजनिक गरेका छन् । यो लडाकु हेलिकप्टर भारतले आफ्नै देशमा निर्माण गरेको हेलिकोप्टरको नाम ‘प्रचण्ड’ राखेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

दुई दिनअघि सार्वजनिक गरिएको हेलिकोप्टरलाई जोधपुर वायु सेना स्टेशनस्थित १४३ हेलिकोप्टर युनिट ‘धनुष’मा सामेल गरिएको समाचार एजेन्सीले उल्लेख गरेका छन् । भारतीय वायु सेनाका अध्यक्ष विवेक राम चौधरीले ‘प्रचण्ड’ नामको हेलिकोप्टर अन्तर्राष्ट्रिय स्तरमा उपलब्ध भारत तथा अन्य देशका लडाकु हेलिकोप्टर जस्तै रहेको बताए ।

यसैगरी रक्षामन्त्री राजनाथ सिंहले ‘प्रचण्ड’ हेलिकोप्टरले स्थल र वायु सेना दुवैको आवश्यकता पूरा गर्ने बताएका छन् । यस विषयमा रक्षामन्त्री सिंहले हेलिकोप्टरको भिडियो सामाजिक सञ्जाल ट्वीटरमा शेयर गर्दै भनेका छन्- ‘यसको नाम हो प्रचण्ड ।’

हेलिकोप्टरको निर्माण हिन्दुस्तान एयरोनोटिक्स लिमिटेड (एचएएल)ले गरेको हो । प्रचण्ड नामको यो हेलिकोप्टरले अत्याधुनिक हतियार र इन्धनको भारसहित ५ हजार मिटरको उचाइसम्म उडान भर्न सक्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • २०८२ को चुनावले दिएका केही कुराहरु

    नेपालमा गत २१ फागुनमा सम्पन्न भएको संसदीय निर्वाचनमा रास्वपाको एक प्रकारले ल्याण्ड स्लाइड भिक्ट्री झण्डै दुई–तिहाई बहुमतले...

  • १३ गते नयाँ प्रधानमन्त्री !

    काठमाडौं । देशले चैत १३ गते नयाँ प्रधानमन्त्री पाउने भएको छ। यसपटक नेपालले विश्वकै कान्छो प्रधानमन्त्री पाउनेछ। कुनै अप्रत्याशित...