भारतको लडाकु हेलिकप्टर ‘प्रचण्ड’
एजेन्सी, १८ असोज । भारतमा निर्मित प्रचण्ड नामको लडाकु हेलिकोप्टरको तस्वीर भारतीय रक्षामन्त्री राजनाथ सिंहले सार्वजनिक गरेका छन् । यो लडाकु हेलिकप्टर भारतले आफ्नै देशमा निर्माण गरेको हेलिकोप्टरको नाम ‘प्रचण्ड’ राखेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।
दुई दिनअघि सार्वजनिक गरिएको हेलिकोप्टरलाई जोधपुर वायु सेना स्टेशनस्थित १४३ हेलिकोप्टर युनिट ‘धनुष’मा सामेल गरिएको समाचार एजेन्सीले उल्लेख गरेका छन् । भारतीय वायु सेनाका अध्यक्ष विवेक राम चौधरीले ‘प्रचण्ड’ नामको हेलिकोप्टर अन्तर्राष्ट्रिय स्तरमा उपलब्ध भारत तथा अन्य देशका लडाकु हेलिकोप्टर जस्तै रहेको बताए ।
यसैगरी रक्षामन्त्री राजनाथ सिंहले ‘प्रचण्ड’ हेलिकोप्टरले स्थल र वायु सेना दुवैको आवश्यकता पूरा गर्ने बताएका छन् । यस विषयमा रक्षामन्त्री सिंहले हेलिकोप्टरको भिडियो सामाजिक सञ्जाल ट्वीटरमा शेयर गर्दै भनेका छन्- ‘यसको नाम हो प्रचण्ड ।’
हेलिकोप्टरको निर्माण हिन्दुस्तान एयरोनोटिक्स लिमिटेड (एचएएल)ले गरेको हो । प्रचण्ड नामको यो हेलिकोप्टरले अत्याधुनिक हतियार र इन्धनको भारसहित ५ हजार मिटरको उचाइसम्म उडान भर्न सक्ने छ ।
नाम है ‘प्रचंड’ pic.twitter.com/dCa3WGvw9A
— Rajnath Singh (@rajnathsingh) October 3, 2022