फुटबल खेलका क्रममा हिंसा, सयभन्दा बढीको मृत्यु

एजेन्सी, १६ असोज । इन्डोनेसियामा एक फुटबल खेलका क्रममा भएको हिंसामा परी एक सय जनाभन्दा बढीको मृत्यु भएको छ ।

खेलका क्रममा भएको हिंसामा परी करिब १२७ जनाको मृत्यु भएको इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ ।

इन्डोनेसियली शीर्ष लिगअन्तर्गत एरेमा एफसी र पर्सेबेया सुराबायाबीच आइतबार भएको खेलको क्रममा जम्मा भएको भीडमा भागदौड मच्चिंदा १२७ जनाको मृत्यु भएको र करिब १८० जना घाइते भएको जनाएको छ ।

खेलमा हार्ने टोली एरेमाका समर्थकहरूले पिचमै आक्रमण गरेका थिए भने भीड नियन्त्रण गर्न अधिकारीहरूले अश्रुग्यास समेत प्रहार गरेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय