मोटरसाइकलबाट लडेका युवकलाई ट्रकले ठक्कर दियो
चितवन, १४ असोज । चितवनको मुग्लिन नारायणगढ सडकमा भएको दुर्घटनामा परी एकजनाको ज्यान गएको छ । बिहिबार साँझ भरतपुर महानगर २९ सिमलतालमा भएको दुर्घटनामा परी अर्का एकजना घाइते भएका छन् ।
सिमलतालमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेपछि सडकमा लडेका मोटरसाइकलको पछाडि बसेका भरतपुर-२ का भारतीय नागरिक १९ वर्षीय महमद सकिल साहलाई सोही बेला ट्रकले पनि ठक्कर दिएको थियो ।
ठक्करपछि उनको घटनास्थलमै ज्यान गएको हो । मोटरसाइकल चालक ३० वर्षीय अकबर साह भने सकुशल रहेका छन् ।
ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।