अध्यक्ष ओलीसँग सिङ्गल आएर माफी नमागेसम्म ‘१० बुँदे’लाई नो टिकट !

काठमाडौं, १४ असोज । ‘बाहिर हल्ला मात्रै हो’ भनेर ढाकछोप गर्न खोजिएपनि आफ्नै सरकार ढाल्न भुमिका खेल्ने १० भाइलाई एमालेले टिकट दिन कडा ‘सर्त’ राखेको बुझिएको छ ।

नेकपा एमालेको पदाधिकारी बैठकमै पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सिङ्गल आएर गल्ती महसुस नगरे ‘१० बुँदे’वाला नेताहरुलाइ टिकट दिएर जिताउन नहुने विषय उठेपछि यो विषयले एमाले वृत्तमा चर्चा पाएको छ ।

‘बैठकमा १० बुँदे समझदारीमार्फत् पार्टीमा रहेका नेताहरुका बारेमा कुरा उठेको सही हो’, एमालेका एक नेताले भने । बैठकमा ती नेताको नामबारे छलफल गरौं भन्नेबित्तिकै पार्टी अध्यक्ष ओलीले १० बुँदे सहमतिमार्फत् पार्टीमा बसेका नेताहरुको बारेमा थप छलफल गर्नुपर्ने धारणा राखेको स्रोतको भनाइ छ ।

‘आफ्नै पार्टीको सरकार ढाल्न हस्ताक्षर गरेका नेताहरुलाई आत्मआलोचना नगरी टिकट दिन मिल्छ ?’ भन्दै अध्यक्ष ओलीले बैठकमै प्रश्न गरेका थिए । उनले ‘त्यतिखेर हामीबाट गम्भीर गल्ती भयो’ भनेर आत्मआलोचना गर्नुपर्ने होइन ? भन्दै अर्को प्रश्न पनि तेर्साएको स्रोतको दाबी छ ।

तत्कालिन समयमा माधवकुमार नेपाल पक्षधर भनेर चिनिएका नेताहरू सुरेन्द्र पान्डे, रघुजी पन्त, योगेश भट्टराई, भीम रावल लगायतले २०७८ असारमा १० बुँदे सहमति गरेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय