कस्तो रहला शुक्रबार दिनभरको मौसम ?

काठमाडौं, १४ असोज । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको

अहिले मधेस प्रदेश र बागमती प्रदेश लगायत देशको अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। गण्डकी र बागमती प्रदेशका पहाडी भुभागका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ।

महाशाखाले जारी गरेको तीन दिने मौसमी बुलेटिनअनुसार आज दिनभरको मौसम यसप्रकार रहनेछ:

दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भुभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शः

प्रदेश १, गण्डकी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम , सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ ।

साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय