शेखर समूहसँग देउवाको छलफल

काठमाडौं, १३ असोज । नेपाली काँग्रेसभित्रको असन्तुष्ट समूह(डा.शेखर कोइराला समुह)ले समानुपातिकको बन्द सूचीप्रति असहमति राख्दै खबरदारी सभा, धर्ना र अब विद्रोह समेत गर्ने चेतावनी दिएपछि सभापति शेरबहादुर देउवाले छलफल गर्न सुरु गरेका छन् ।

सभापति देउवाले पार्टीभित्रको समस्याले गठबन्धनमा समस्या आउन सक्ने भन्दै शीर्ष नेताहरूसँग छलफल थालेका हुन् । सभापति देउवालाई उनकै पक्षका पदाधिकारीले डा.शेखर पक्षसँग छलफल गरि विवाद टुङ्याउन सुझाव दिएका थिए ।

शेखर कोइराला समूहले समानुपातिकतर्फका उम्मेदवारमा देउवाले एकलौटी गरेको आरोप लगाउदै विरोधका कार्यक्रम गर्न थालेपछि शीर्ष नेताहरू बसेर विवाद हल गर्ने तयारी छ ।

छलफलमा समानुपातिक उम्मेदवार सूची संशोधनलगायत नमिलेका विषय टुंग्याउन देउवा सकारात्मक देखिएको छलफलमा सहभागी एक नेताले बताए । पार्टीले असोज ३ मा निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक उम्मेदवारको बन्दसूचीमा आफ्नो पक्षलाई नसमेटेको भन्दै शेखर समूह विरोधमा उत्रेको छ ।

प्रतिनिधिसभातर्फ ११० जनाको नाम बन्दसूचीमा राख्दा शेखर समूहका १६ जनालाई मात्रै राखिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय