रवि लामिछानेलाई डेङ्गु संक्रमण
काठमाडौं, १३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई डेङ्गु संक्रमण भएको छ । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले आफुलाई डेङ्गु भएको जानकारी दिएका हुन् ।
डाक्टरको सल्लाहअनुसार केही दिन आराम गर्नुपर्ने भएकाले विभिन्न स्थानमा गर्ने भनिएका कार्यक्रममा सहभागी हुन नसक्ने त्यसै पोस्टमार्फत उनले जनाएका छन् ।
उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको जनाएका छन् ।