वैकल्पिक रविन्द्र मिश्र अब राप्रपा ! [फोटो फिचर]

काठमाडौं, १२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी र रविन्द्र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण समूहबीच बुधबार एकता भएको छ । एकतासँगै अब रविन्द्र मिश्रको वैकल्पिक शक्ति निर्माणमा ब्रेक लागेको छ ।

लामो समय बिबिसी नेपाली सेवामार्फत पत्रकारिता गरेका मिश्रले सुरुमा साझा पार्टी गठन गरि राजनीति सुरु गरेका थिए पछि विवेकशील नेपाली दलसँग एकता गरी विवेकशील साझा पार्टी बनाएका मिश्र अब राप्रपाको उपाध्यक्ष हुनेछन् । राप्रपामा ६ उपाध्यक्ष पहिले नै महाधिवेशनले निर्बाचित गरेको छ ।

तामझामका साथ काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणा कार्यक्रममा राप्रपा र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण पक्षधरबीच एकता घोषणा भएको हो । बटुकले मन्त्र पढेर दिउसो २ बजेको साइतमा पार्टी एकता भएको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गरेका छन् । उक्त घोषणा अनुसार मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनेछन् । त्यसैगरी मिश्रसँगै आएका अरु नेताहरुको कार्यसम्पादन समिति, पदाधिकारी र केन्द्रीय समितिमा समायोजन एक हप्ताभित्रमा लिङ्देन र मिश्रले टुंग्याउने छन् ।

हेर्नुहोस् तस्वीहरुः

सबै तस्वीरहरुः परेवान्युज

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय