धुपबाट सल्केको आगोले फर्निचर उद्योगमा भिषण आगलागी, चार सिलिन्डर पनि पड्किए

काठमाडौं, १२ असोज । काठमाडौंको खरिबोटस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ । उद्योगमा पूजा गर्दा बालेको सिन्केधुपको आगोले उद्योगमा आगलागी भएको जनाइएको छ ।

आगलागीबाट करिब ९ करोडको क्षति भएको अनुमान गरिएको छ । दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको छ ।

आगलागीपछि उद्योगभित्र रहेका चारवटा ग्याँस सिलिन्डर पनि पड्किएका छन् । अर्को एउटा सिलिन्डर भने निकाल्न भ्याएको थियो ।

यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...