काँग्रेस केन्द्रीय कार्यालयमा शेखर समूहको कब्जा
काठमाडौं, १२ असोज । नेपाली काँग्रेसको शेखर कोइराला समूहले पार्टीको सानेपास्थित केन्द्रीय कार्यालय रहेको वी.पि स्मृति भवनमा धर्ना सुरु गरेको छ । पार्टीभित्र समान अवसर र न्यायको माग गर्दै आएको सो समूहले पार्टी कार्यालय पुगेर धर्ना सुरु गरेको हो ।
समानुपातिक बन्दसूची सच्याउन र आफ्नो पक्षलाई प्रत्यक्षतर्फ न्यायोचित सिट दिन माग गर्दै आएको शेखर समूहले यसअघि ‘खबरदारी सभा’ गरेर धर्ना र विद्रोह सम्मको चेतावनी दिएको थियो । सो समूहले बुधबार मध्याह्न १२:०० बजेदेखि दिउसो १:०० बजेसम्म १ घन्टा धर्ना दिएको हो ।
धर्नामा शेखर कोइराला, गगन थापा, धनराज गुरुङ, बद्री पान्डे सहभागी छैनन् । पार्टीमा अन्याय भएको आवाज उठाउदै आएका नेता जगदिशनरसिंह केसी, गुरुराज घिमिरे, भूपेन्द्रजंग शाही, मनोजमणि आचार्यलगायत नेता भने धर्ना दिन सानेपा पुगेका थिए ।
पार्टी सभापति शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा एकलौटी गरिएको भन्दै कोइराला पक्षले लगातार आन्दोलन गर्दै आएको छ ।