कमेडी च्याम्पियन हिमेश प्रतिनिधिसभा चुनावमा उठ्ने

काठमाडौंं, १२ असोज । रियालिटी शो कमेडी च्याम्पियनको पहिलो संस्करणको विजेता हिमेश पन्त धादिङबाट प्रतिनिधिसभा चुनावमा उम्मेदवार बन्‍ने भएका छन् ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई उम्मेदवार सिफारिस गरेको हो ।  उनी प्रत्यक्षतर्फको निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका हुन् ।

कमेडी च्याम्पियन विजेता बनेपछि चर्चामा आएका हिमेश धादिङकै हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय