प्रख्यात स्की आरोही हिलारी नेल्सनको शव फेला

काठमाडौं, १२ असोज । गत सोमबारदेखि हराइरहेकी विश्‍वप्रख्यात अमेरिकी स्की आरोही हिलारी नेल्सनको शव फेला परेको छ । मनास्लु हिमालमा हराइरहेकी नेल्सन बुधबार विहान मृत भेटिएकी हुन् ।

मनास्लु हिमालमा स्की गर्ने क्रममा उनी भिमाथाङ क्षेत्रबाट हराएकी थिइन् । उनी हराएपछि खोजीका लागि शेर्पाहरुको टोली परिचालन गरिएको थियो । उनीहरुले शव भेटेको खबर गरेका थिए । उनको शवलाई हेलिकोप्टरमार्फत् गोरखाको सामागाउँ हुँदै काठमाडौं ल्याइने छ ।

गत सोमबार मनास्लुको तेस्रो र चौथो आधार शिविरमा हिमपहिरो गएको थियो । घटनामा एक जना नेपालीको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए ।

सोही क्रममा हिलारी बेपत्ता भएकी थिइन् । उनीसँगै स्की गर्दै आएका उनका पार्टनर जिम मोरिसन पनि यात्रामा साथै थिए । उनी भने सकुशल छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...