सल्यानमा जीप दुर्घटना हुँदा आठजनाको ज्यान गयो
सल्यान, १२ असोज । सल्यानमा जीप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । जिल्लाको कपुरकोट गाउँपालिका-३ मूलपानीमा भएको दुर्घटनामा एक जना घाइते भएका छन् ।
बाँकेको नेपालगञ्जबाट बिहे भोजमा सहभागी भएकाहरुलाई लिएर फर्किरहेको रा १ ज ५६३ नम्बरको जीप राति करिब सवा १ बजेको समयमा मूलपानीमा दुर्घटनामा परेको थियो ।
मृत्यु हुनेमा एक बालकसहित सात पुरुष र एक महिला रहेका छन् । मध्यरातमा भएको दुर्घटनाको बारेमा समयमै थाहा पाउन नसक्दा उद्धारमा समस्या भएर मृतकको संख्या बढेको स्थानीयको भनाइ छ ।
ज्यान गुमाउने कसैको पनि परिचय खुल्न सकेको छैन । एकजना घाइते तीलक वलीको दाङस्थित अस्पतालमा उपचार भइरहेको छ ।