सल्यानमा जीप दुर्घटना हुँदा आठजनाको ज्यान गयो

सल्यान, १२ असोज । सल्यानमा जीप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । जिल्लाको कपुरकोट गाउँपालिका-३ मूलपानीमा भएको दुर्घटनामा एक जना घाइते भएका छन् ।

बाँकेको नेपालगञ्‍जबाट बिहे भोजमा सहभागी भएकाहरुलाई लिएर फर्किरहेको रा १ ज ५६३ नम्बरको जीप राति करिब सवा १ बजेको समयमा मूलपानीमा दुर्घटनामा परेको थियो ।

मृत्यु हुनेमा एक बालकसहित सात पुरुष र एक महिला रहेका छन् । मध्यरातमा भएको दुर्घटनाको बारेमा समयमै थाहा पाउन नसक्दा उद्धारमा समस्या भएर मृतकको संख्या बढेको स्थानीयको भनाइ छ ।

ज्यान गुमाउने कसैको पनि परिचय खुल्न सकेको छैन । एकजना घाइते तीलक वलीको दाङस्थित अस्पतालमा उपचार भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • २०८२ को चुनावले दिएका केही कुराहरु

    नेपालमा गत २१ फागुनमा सम्पन्न भएको संसदीय निर्वाचनमा रास्वपाको एक प्रकारले ल्याण्ड स्लाइड भिक्ट्री झण्डै दुई–तिहाई बहुमतले...

  • १३ गते नयाँ प्रधानमन्त्री !

    काठमाडौं । देशले चैत १३ गते नयाँ प्रधानमन्त्री पाउने भएको छ। यसपटक नेपालले विश्वकै कान्छो प्रधानमन्त्री पाउनेछ। कुनै अप्रत्याशित...