दशैंको नवमीदेखि मनसुन सक्रिय भएर देशभर वर्षाको सम्भावना

काठमाडौं, ११ असोज । यसपटकको दसैं‍मा पनि वर्षा हुने भएको छ । त्रिभुवन विश्‍वविद्यालयका मौसम अनुसन्धानकर्ता विनोद पोखरेलका अनुसार टीकाको अघिल्लो दिनदेखि मनसुन सक्रिय हुने छ ।

‘नवमीको दिनदेखि मनसुन सक्रिय भएर देशभर पानी पर्ने सम्भावना रहेको छ’, उनले भने- ‘त्यसैले यसपटक टीकाको दिन पनि झरी पर्न सक्छ’ ।

अबको केही दिन देशभर ठूलो पानी पर्ने वा झरी पर्ने सम्भावना भने रहेको छैन । मनसुनी न्यून चापीय रेखा सरदर ठाउँमा रहेकाले अबको केही दिन मनसुन निष्क्रिय हुने मौसमविदले जनाएका छन् ।

पानी परिहाले पनि सामान्य खालको पानी क्षणिकरूपमा पर्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय