मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध

चितवन, ९ असोज । चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । आइतबार दिउँसोको वर्षापछि खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।
प्रहरीका अनुसार केराबारी र १८ किलोमा पहिरो खसेको छ । बढीमा एक घण्टामा पहिरो हटाएर सडक सुचारु गरिने जनाइएको छ ।

यस सडकको केराबारीमा पहिरो जाने समस्याले कैयौं पटक सवारीसाधन बाटोमै रोकिन बाध्य भएका छन् ।
